आँबुखैरेनी : लियो क्लब अफ आबुखैरेनी सिटीको अध्यक्षमा मनोज बास्तोला चयन भएका छन् । लायन्स क्लब अफ आबुखैरेनी सिटीको भातृ संस्था लियो क्लब अफ आबुखैरेनी सिटी को वर्ष २०२६/०२७ का लागि अध्यक्ष बस्तोला सहित नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
त्यसैगरी क्लबको प्रथम उपाध्यक्षमा विकल्प अर्याल, सचिवमा मनिष श्रेष्ठ तथा कोषाध्यक्षमा आसन गुरुङ चयन भएका छन् ।
क्लबका अन्य विभिन्न पदहरूमा पनि सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ।





