
दमौलीः व्यास ८ रिस्तीमा मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि भएको सांघातिक आक्रमणको घटनामा प्रहरी प्रशासनले नै गलत सूचना दिएको र सञ्चारमाध्यममा मतपत्र च्यातेको भनेर भफवाह फैलाइएको प्रत्यक्षदर्शी मोहन बतासले बताएका छन् ।
घटनाका बेला जोशीसँगै रहेका उनले एकपक्षीय रुपमा एजेटबीना नै मतदान भएको सूचना पाएपछि गएका बेला प्रहरीले नै आफूलाई जान रोकेको र गएर विरोध गरेपछि आक्रमण भएको बताए । उनले धकेलाधकेलकै क्रममा मतपत्र खसेको तर दीपकले च्यातेको भन्दै गलत सूचना आएको बताए ।
‘घटनास्थलमा हामी छौं, उनले भने, हाम्रा एजेण्डबीना भैरहेको एकपक्षीय मतदानको विरोध गरेपछि एक्कासी दीपक जोशी यही हो भन्दै आक्रमण गरियो । मतपत्र समातेर कांग्रेस कार्यकर्ताले नै नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ । अनि दीपकले मतपत्र च्यातेको कसरी हुन्छ ।,’
उनले घटनापछिको मुचुल्कामा जोशीका प्रतिनिधि कसैको पनि हस्ताक्षर नभएको भन्दै एकपक्षीय रुपमा मुचुल्का कसरी उठ्छ भन्दै प्रश्न उठाए ।
घटनाका क्रममा घाइते जोशीको मौसम खराबीपछि काठमाडौं लैजान नसकि पोखरामा उपचार भैरहेको छ । जोशीका तर्फबाट उनका पिता गोविन्दराज जोशी र उनलाई समर्थन गरेको दल एमालेले रिस्ती ८क को चुनाव स्थगित गर्नुपर्ने माग गर्दै मुख्य मतदान अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।
जोशीका समर्थकहरुले प्रहरी उपरीक्षकलाई दमौली अस्पतालअघि घेराउ गर्दै सुरक्षा दिन नसकेको र घटनामा प्रहरीकै कमजोरी देखिएको भन्दै नाराबाजी गरेका थिए ।