रिस्तीको मतदान स्थगित गर्न माग

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीका तर्फबाट व्यास ८ रिस्तीको निर्वाचन स्थगित गर्न माग गरिएको छ ।

उम्मेदवार जोशीका तर्फबाट पिता गोविन्दराज जोशी तथा एमाले नेता राजेश्वर ढकालले निवेदन दिंदै केन्द्र एकलौटी रुपमा नियन्त्रण लिएर मतदान गराइएको, एजेण्टलाई बस्न नदिएको तथा मेयर पदका प्रत्यासी दीपकराज जोशीले पटक पटक स्थगित गर्न माग गरे पनि निर्वाचन स्थगित नगरिएको र उनीमाथि नै सांघातिक आक्रमण गरि टाउकामा चोट पुर्याएको निवेदनमा उल्लेख छ ।

निवेदनमा सो केन्द्रको मतदान प्रक्रिया तुरुन्त बन्द गर्न र दोषीमाथि कारबाही तथा घाइते दीपकराजको तुरुन्त उपचार गर्न माग गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्