व्यासका मेयर उम्मेदवार जोशीमाथि रिस्तीमा कुटपिट

  • ख-
  • ख+

दमौलीः मतदानस्थलको निरीक्षणका क्रममा व्यास ८ रिस्ती पुगेका व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

मतदान ढिलो भए पछि निरीक्षणका क्रममा गएका जोशीमाथि स्थानीय कांग्रेस एजेण्टले कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहारबाट निधारदेखि टाउकाको धेरै ठाउँमा जोशीलाई चोट लागेको छ ।

त्यसक्रममा मतपत्र समेत च्यातिएको विवरण आएको छ । प्रहरी प्रवक्ता युवराज खड्काले जोशी अहिले सुरक्षित रहेको र एजेण्टले कुटपिट गरेको सूचना प्राप्त भएको बताए ।

त्यसक्रममा मतपत्र मतपत्र समेत च्यातेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

हाम्रा एजेण्ट किन छैनन् भनेर प्रश्न गर्दा आफूमाथि गुण्डाहरु लगाएर कुटपिट भएको जोशीले बताए । आफूमाथि ज्यान लिने हिसाबले आक्रमण भएको जोशीले बताए । उनले आफू उम्मेदवार भए पनि सुरक्षा नपाएको बताए ।

*घटनाका बेलामा जोशीसँगै रहेका मोहनराज बतासले एकपक्षीय रुपमा मतदान भएको सूचना पाए पछि निरीक्षणका क्रममा जाँदा एक्कासी कुटपिट भएको बताए । उनले दीपकले मतपत्र च्यातेको नभइ कांग्रेस कार्यकर्ताबीच नै धकेलाधकेल हुँदा मतबाकसबाट खसेको भन्दै प्रहरीले नै गलत सूचना प्रवाह गरेको आरोप लगाए ।

कांग्रेस पूर्व सहमहामन्त्री जोशीका छोरा दीपकराज एमालेको समर्थनमा मेयर चुनाव लड्दैछन्

स्थगित मतदान केहीबेरअघि शुरु भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी