रेबिजबाट यसरी बच्न सकिन्छ

  • ख-
  • ख+

मुक्ति नेपाली

रेबिज रोग तातो रगत भएका स्तनधारी प्राणीहरुमा लाग्ने अति नै डरलाग्दो प्राणघातक रोग हो ।यो पशु र मान्छे दुबैमा लाग्ने भएकाले अझ सावधानी अपनाउनु पर्ने रोग हो । मान्छेमा यो रोग लागेपछि पानीसंग डराउने भएकाले Hydrophobia पनि भनिन्छ ।यसलाई बौलाहा कुकुरको रोग अथवा कुकुर बौलाउने रोग पनि भनिन्छ। सन् १८०४ मा जर्मन बैज्ञानिकले पत्ता लगाएका थिए । सन् १८८५ मा जर्मन वैज्ञानिक लुई पाश्चरले भ्याक्सिन पत्ता नलगाउदासम्म पत्ता नलगाउँदासम्म यस रोगले अझ भयानक अवस्था सिर्जना गरेको थियो । अझैपनि यस रोगबाट संसार सुरक्षित भने छैन ।

नेपालमा बर्षेनी १०० देखि १५० जनाको मृत्यु भएपनि पछिल्लो १० बर्षको तथ्याङ्कलाई हेर्दा यो संख्या घट्दै गईरहेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याकं अनुसार हरेक ९ मिनेटमा एक व्यक्तिको मृत्यु रेबिजका कारण हुने गरेको छ अर्थात् वार्षिक ५९ हजार भन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्न बाध्य छन्।

रेबिजबाट मृत्यु हुने मानिस मध्ये ४५ प्रतिशत सार्क मुलुकका, ५५ प्रतिशत एशियाली मुलुकका, ९५ प्रतिशत एशियाली र अफ्रिकी मुलुकका हुने गरेका छन्।अझ गम्भीर पक्ष, रेबिजबाट मृत्यु हुने मध्ये ६० प्रतिशत ५ देखि १५ वर्ष मुनिका बालबालिका हुने गरेका छन्।

रोग लाग्ने कारणः

यो रोगको मुख्य कारण RNA ग्रुपको  Rhabdo virus बाट लाग्छ यसका २ प्रारुपहरु हुन्छन् एउटा Fixed अर्को Street .विषेशगरी हिंस्रक जनावरहरुको Brain मा सुषुप्त अवस्थामा रहेका भाईरसहरु उक्त जतावर मरेर अन्य जनावरले उक्त गिदी खाएमा वा टाउकोमा कुनै गम्भिर  चोटपटक लागि Brain नै खल्बलिएमा Fixed अवस्थाका भाईरसहरु चलायमान (Street) हुन्छन् । फलस्वरुप ति जनावरले रेबिज रोगको लक्षण देखाउछन र अन्य जनावरहरुलाई पनि सार्न सक्छन् । फैलने प्रकृतिको आधारमा नेपालमा रेबिज रोगलाई शहरी चक्र र जंगली चक्र गरि २ भागमा विभाजन गरिएको छ ।

दुबै चक्रको माध्यममा कुकुर जोडिएकोले कुकुर नै यसको पहिलो पिडित र मान्छेमा सार्ने माध्यम बनेको छ ।यसकारण  कुकुर यस रोगसंग सबैभन्दा बढी जोडिएको हुन्छ । जंगली जनावरहरु जस्तै स्याल फ्याउरो ब्वाँसो न्याउरीमुसो आदिले टोकेपछि यो रोग लाग्न सक्छ किनकी ति जनावर हरु यो रोगका वाहक Vector हुन् । मान्छेको सबभन्दा नजिकको साथी जनावर भएको र स्याल फ्याउरो ब्वाँसो न्याउरीमुसो आदि जनावर घरवरपर आएमा सबैभन्दा पहिले थाह पाउने अनि तिनिहरुसंग प्रतक्ष्य सम्पर्क हुने जनावर कुकुर भएका कारण हाम्रो परिवेशमा कुकुरलाई यसको माध्यम मान्न सकिन्छ ।


नेपालमा बर्षेनी १०० देखि १५० जनाको मृत्यु भएपनि पछिल्लो १० बर्षको तथ्याङ्कलाई हेर्दा यो संख्या घट्दै गईरहेको छ ।विश्व स्वास्थ्य सङ्गठनको तथ्याकं अनुसार हरेक ९ मिनेटमा एक व्यक्तिको मृत्यु रेबिजका कारण हुने गरेको छ अर्थात् वार्षिक ५९ हजार भन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्न बाध्य छन्।

रोग देखिने अवधिः

सामान्यतया बौलाहा कुकुर वा जनावरले टोकेको वा त्यस्तो जनावरको र्‍यालसंग सद्दे जनावर वा मान्छेको घाउहरुमा लसपस भएको २ देखि ७ हप्तामा लक्षण देखा पर्दछ । तर ठूलो घाउ हुनेगरि टोकेको अनुहार वरिपरी टोकेको अवस्थामा हप्तादिनभित्रै पनि लक्षण देखाउन सक्छ। भने बर्षौ पछि लक्षण देखाएका उदाहरणहरु पनि छन्।

रोगका लक्षणहरुः

कुनैपनि रोग लागेको थाह पाउने सबैभन्दा बलियो आधार भनेको त्यस रोग लाग्दा देखिने लक्षण हो  ।यो रोग लागेका जनावर अनुसार फरक फरक लक्षणहरु देखा पर्दछन् । रेबिज रोग कुकुरमा ३ किसिमले लक्षणहरु देखा पर्दछन ।

शुरुको अवस्थाः

यस अवस्थामा कुकुरले खानमन नगर्ने वान्ता गर्ने कुनै चिज निल्न गाह्रो गर्ने उदास हुने झोक्रिने तथा र्‍याल काढ्ने गर्दछ ।

उत्तेजित अवस्थाः

यस अवस्थामा कुकुर असाध्यै हिस्रक बन्ने मालिकलाई पनि नचिन्ने जथाभावी दौडिने आफ्नो अगाडी जे आईपर्छ त्यसलाई झम्टिने टोक्ने पुच्छर टाँङमुनी घुसार्ने जिब्रो बाहिरै निकाल्ने मुखबाट असाध्यै र्‍याल निकाल्ने एकोहोरो भुकिरहने अनौठो आवाज निकाल्ने गर्दछ । यो अवस्था ज्यादै खतरनाक हुन्छ ।

लाटो अवस्थाः

यो अवस्थामा कुकुरको घाँटीको भाग पुरै पक्षघात भईसकेको हुन्छ । त्यसैले हिड्ने कराउने कराउने केहिपनि गर्न सक्दैन कुनामा जोक्राएर बस्ने केहि गर्न नसक्ने र्‍याल काढिरहने आँखाबाट आँसु बगिरहने तथा चिप्रा निस्कने। कुनैकुनै कुकुरहरुमा  उत्तेजित अवस्था देखा नपरिकनै यो अवस्था देखा पर्दछ  भने यो लक्षण देखाउन थालेपछि कुकुर छिटै मर्दछ ।

गाईभैसीमा यो रोग लागेमाधेरै चनाखो हुने, छट्पटिने,तर्सिने  बिना कारण कराउने, सिङ्गले भित्तामा ठोकी रहने, उत्तेजनामा आउने, आँखा राता देखिने पटक पटक कराइरहने जमिनमा खोस्रिने उठबस गरिरहने तिब्र यौन इच्छा जाग्ने अर्को पशुमाथि चढ्ने घाँटीमा केही अड्किरहेको जस्तो गर्ने , निल्न नसक्ने, र्‍याल काढीरहने अन्त्यमा खुट्टा  paralysis भइ मृत्यु  हुन्छ ।

रोकथाम तथा उपचारः

यो रोगको लक्षण देखिईसकेपछि उपचार सम्भव छैन । रोकथामको लागि सर्वप्रथम आफुले पालेका घरपालुवा कुकुर तथा बिरालोलाई ३ महिनाको उमेर पुगेपछि अनिवार्य रुपमा रेबिजको भ्याक्सिन दिनपर्छ।

  • सकेसम्म घरपालुवा कुकुरलाई जंगली जनावर स्याल फ्याउरो आदिको सम्पर्क मा आउन  नदिने ।
  • पशुवस्तुको फार्म/गोठ वरवर अनिवार्य रुपमा तारबार वा पर्खाल लगाउने । 
  • पशुवस्तुलाई कुनैपनि जंगली जनावर वा अवस्था थाह नभएको कुकुरले आक्रमण गरेमा अनिवार्य रेबिजको भ्याक्सिन लगाउने ।
  • मान्छेलाई पनि कुकुरले टोकेको छ भने कुकुरको अवस्था थाह नभएमा अनिवार्य रेबिजको भ्याक्सिन लगाउने तर घरपालुवा भ्याक्सिन लगाईरहेको र बिरामी नभएको कुकुरले टोकेमा रेबिजको डर मान्नु पर्दैन ।
  • कुनैपनि जनावरले टोकेमा टोकेको ठाउँ राम्ररी साबुनपानीले धुने र घाउमा टिन्चर आयोडिल लगाउने ।

रेबिज रोग लागेको पशुवस्तुले र्‍याल काढ्ने छट्पटिने भएकोले प्राविधिकहरु खोरेत, भ्यागुते, बिषाक्त भएको वा कुनै कुरा घाँटीमा अड्केको  (Choke) भएको भनेर झुक्किन्छन् । यसको लागि History लिने र आफू विश्वस्त हुने ।नेपालको परिवेशमा रेबिज रोग ९८.५ प्रतिशत बौलाहा कुकुरबाटै हुने भएकोले कुकुर भुस्याहा हुन नदिने । भएका भुस्याहा कुकुरको नियन्त्रण गर्ने ।

( लेखक भिमाद नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक हुन् ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्