पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोना संक्रमित,९ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं,१६असोज । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५९८ पीसीआर र २६२१ एन्टीजेन परीक्षणमा ८६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ९१ हजार ९२९ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ११२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।sajhapage

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी