दमौली : जिल्ला समन्वय समिति तनहुँले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ भव्यताका साथ मनाउने तयारी गरेको छ।जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको तयारी बैठकले सो निर्णय गरेको हो।
बैठकको निर्णय जिल्ला समन्वय अधिकारी शिव प्रसाद रिजालले सबै कार्यालयलाई जानकारी गराईएको छ।
निर्णय अनुसार गृह मन्त्रालयको निर्देशन बमोजिम १९ सदस्यीय जिल्ला समारोह समिति गठन गरिएको छ। समितिको संयोजकमा वाग्ले र सदस्य-सचिवमा अधिकारी रिजाल रहेका छन्।
असोज २ गते: बिहान ८ बजे सबै सरकारी कार्यालयमा सरसफाई कार्यक्रम हुनेछ। दिनभर सबै कार्यालयमा राष्ट्रिय झण्डा सजाउने र साँझ दिपावली गरिने छ। यसैगरी पत्रकार महासंघ तनहुँले रेडियो परिसम्वाद कार्यक्रम चलाउने छ।
असोज ३ गते: बिहान ७:३० बजे प्रशासन चोक, अनसन चौतारी, दमौलीमा झण्डोत्तोलन (आयोजक: व्यास नगरपालिका) – बिहान ७:४५ बजे प्रशासन चोकदेखि व्यास नगरपालिका कार्यालय सम्म प्रभातफेरी रहेको छ।
– बिहान ८:०० बजे व्यास नगरपालिकाको सभाहलमा शुभकामना आदान-प्रदान
– साँझ ७:०० बजे प्रशासन चोक, अनसन चौतारीमा दीप प्रज्ज्वलन (संयोजन: JCI व्यास नगर, सहयोग: लियो र रोट्रयाक्ट)
बैठकले नागरिक समाज, राजनीतिक दल, संघ-संस्था र सबै नागरिकलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।





