तनहुँका ५ सहित गण्डकीमा ५० नयाँ संक्रमित

  • ख-
  • ख+

दमौली: तनहुँका पाँच सहित गण्डकी प्रदेशमा ५० नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मा व्यास १ का २१ वर्षका एक पुरुष तथा व्यास ११ का २८ वर्षका अर्का पुरुष छन्। उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

घिरिंग १ र ३ का २६, २३ र २७ वर्षका पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरूमा संक्रमण भेटिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् ।पोखरा वार्ड नं १ का २५ बर्षीय महिला पृथ्वीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी