इन्धनको मूल्य समायोजन सँगै गाडीभाडा घटाउने तयारी

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : यातायात व्यवस्था विभागले गाडीभाडा घटाउने तयारी गरेको छ । नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले नयाँ मूल्य अनुसार भाडादर समायोगन गर्ने तयारी गरेको हो ।

विभागका निर्देशक मणिराम भुसालले इन्धनको मूल्य घटेको आधारमा अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर आजै समायोजन गर्ने तयारी गरेको जानकारी दिए । हामी नयाँ मूल्य अनुसार भाडादर समायोजन गर्दैछौं, आजै साँझसम्म सूचना जारी हुन सक्छ,’ भुसालले भने ।

इन्धनको मूल्य समायोजन भएसँगै भाडादर समेत तत्कालै समायोजन गर्नुपर्छ भन्नेमा व्यवसायी र उपभोक्ता सहमत देखिन्छन् । यद्यपि कति घटाउने भन्नेमा भने उनीहरुबीच एकमत छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्