एनआरएन स्पेन निर्वाचन : ‘सबैको साझा उमेद्वार उत्तर कुमार राई ‘

  • ख-
  • ख+

स्पेन :गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् ।

अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने बताएका छन् । एनआरएनए स्पेनको बर्तमान उपाध्यक्ष रहेका राईले एनआरएन अभियानमा आफुले अहिलेसम्म कुनै पक्षमा नलागि निश्पक्ष रुपमा समुदायको हीतमा लागेकोले आफुलाई सबैको समर्थन रहेको बताए ।

उनले आफु कुनै एक पक्षको मात्रै नभएर सवैको साझा उमेद्वार भएको बताएका छन् । यसअघि एनआरएनए म्याड्रिड क्षेत्रको सफल नेतृत्व गरिसकेका राईले अब पुरै एनआरएनए स्पेनको नेतृत्व गरेर समाजलाई निश्पक्षता र आदर्शको सन्देश दिने बताएका छन् ।

उनले एनआरएनएको नेतृत्वका लागि आफु अध्यक्ष हुनका लागि मात्रै उमेद्वारी दिएको नभै एनआरएनए र स्पेनको नेपाली समाजको बारेमा एउटा सपना र भिजन लिएर आएको बताए ।

लामो समयदेखि स्पेनमा रहेकोले उनले नेपाली समुदायमा मात्र नभै यहाँको स्पानिस समुदायसँग पनि विभिन्न तरिकाले ब्यक्तिगत र संस्थागत रुपमै जोडिएर काम गरेका छन् । यसले नेपाली समुदायलाई यहाँको स्पानिस समुदायसँग घुलमिल बनाउने र नेपाली समुदाय र स्पानिस समुदायलाई जोड्ने पुलको काम गर्न सफल भएको उनको भनाई छ ।

गैर आवासीय नेपाली संघ, स्पेनको यही जुलाई २६ तारिकमा हुन लागेको अधिबेशन मार्फत समाजसेवाको आफ्नो लगावलाई थप हौसला प्रदान गर्न आगामी कार्यकाल २०२१–२३ को लागि अध्यक्ष पदमा सहयोग गर्न उनले सवै स्पेनबासी नेपालीसँग आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी