दिवंगत शेयर सदस्यलाई सुप्रीम सहकारीको ५० हजार

  • ख-
  • ख+

गुणादीः स्वास्थ्यका कारण निधन भएका आफ्ना शेयर सदस्यका लागि म्याग्दे थर्पूस्थित सुप्रीम बचत तथा ऋण सहकारीले घरमै गएर भलाई कोषको रकम प्रदान गरेको छ ।


गत असार ८ गते निधन भएका सहकारीका सेयर सदस्य म्याग्दे १ गुणादी निवासी नारायणप्रसाद खनालका परिवारलाई सहकारीका उपाध्यक्ष मनोज अधिकारी नेतृत्वको टोलीले घरमै गएर कोषवापत पाउने रकम प्रदान गरेको ऋण संयोजक भीमलाल श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा म्याग्दे १ का वडा सदस्य विनोद खनाल, सहकारीका व्यवस्थापकलगायत पदाधिकारी उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी