
दमौली: तनहुँमा पूर्व अनुमान गरिए झैं निषेधाज्ञा जेठ मसान्तसम्म लम्बिएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति तनहुँको बैठकले जोखिम अझै नघटेको र समुदाय संक्रमण समेत बढेको भन्दै शनिबार सम्म तोकिएको निषेधाज्ञा लम्ब्याउन सिफारिस आए पछि प्रशासनले आदेश जारी गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए ।

यस अवधिमा ५ बजे देखि ९ बजे सम्म मात्रै अत्यावश्यक सेवा संचालनमा गर्ने र अत्यावश्यक सेवा संचालन गरेकालाई अनिवार्य पिसियार र एन्टीजेन परीक्षण गर्ने सिफारिस पनि बैठकले गरेको छ । आदेश पनि यसै आधारमा जारी भएको छ ।
