कोभिड संकटः जेठ मसान्तसम्म लकडाउन थप्ने तयारी, यी हुन् आधार

  • ख-
  • ख+

दमौलीः कोभिड संक्रमण बढेको भन्दै तनहुँमा वैशाख २२ यता क्रमैसँग थपिएको निषेधाज्ञाको एक महिना पुरा भएको छ । शनिबारसम्मका लागि तोकिएको निषेधाज्ञा सकिनु अघि शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक तनहुँ प्रशासनमा मध्याह्न बस्दैछ ।


एक साता अघिको संक्रमण प्रवृत्ति केही घट्जस्तो देखिए पनि तनहुँमा संक्रमणको दर खास उल्लेख्य कम हुन सकेको छैन । तर प्रमुख जिल्ला अधिकारीको नेतृत्व र सुरक्षा निकायको बाहुल्यता रहेको कोभिड कमाण्डले निषेधाज्ञा थप्ने करिब निश्चित छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले निषेधाज्ञा जेठ मसान्तसम्म थपिने पुष्टि गरे ।

‘दिउँसोको छलफलले टुंग्याउला तर अहिलेसम्मको तयारी त्यही (निषेधाज्ञा थप्ने) नै हो,’ उनले दमौली न्युजसँग भने ।

छिमेकको सिको
छिमेकको कास्कीमा पनि जेठ मसान्तसम्म निषेधाज्ञाको निरन्तरता दिइएको छ । यसैगरी चितवनसहित देशैभरका प्रमुख सहरमा निषेधाज्ञा जारी रहेका कारण तनहुँमा पनि यसैको निरन्तरता हुने निश्चित छ ।


समुदायस्तरमा संक्रमण फैलिएको अवस्था
केही दिन अघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्वास्थ्य अधिकारीसहितको बैठकले कोभिड संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्र्दै बढी जोखिम भएका वडाका क्षेत्रमा पीसीआर परीक्षण बढाउन माग गरेको थियो ।

नतिजा ढिलो आउँदा संक्रमण समुदायमा फैलिएको भन्दै छिटो आउने व्यवस्था मिलाउन पनि भनिएको थियो । यस आधारमा केही वडामा पीसीआरका लागि स्वाब संकलन थालिएकाले पनि निषेधाज्ञा थपेर मात्र यस कार्यमा बल मिल्ने जानकार बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी