१० वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत तनहुँको ४ नगरपालिका र ६ गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट सबै स्थानमा नयाँ सभापति निर्वाचित भएका छन्।

अधिवेशनबाट व्यास नगरपालिकामा तुल्सीराम सापकोटा, शुक्लागण्डकीमा कृष्णप्रसाद रेग्मी, भानुमा राजन श्रेष्ठ र भिमाद नगरपालिकाको सभापतिमा अर्विन श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी ऋषिङ गाउँपालिकामा याम सारु मगर, घिरिङमा सुमन थापा मगर, म्याग्देमा नरसिं राना, बन्दीपुरमा परशुराम अधिकारी, देवघाटमा अर्जुन अधिकारी र आँबुखैरेनी गाउँपालिका सभापतिमा सोम दर्लामी निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार म्याग्दे र देवघाट गाउँपालिकामा लोकतान्त्रिक प्रक्रिया अनुसार मतदानबाट र बाँकी आठ वटा पालिकामा भने सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको हो । “अधिकांश पालिकामा सहमति र सहकार्यको वातावरण बनेकाले सर्वसम्मत नेतृत्व चयन गर्न सफलता मिल्यो,“ सचिव खनालले भन्नुभयो, “यसले तनहुँ कांग्रेसमा थप एकता, उत्साह र ऊर्जा थपेको छ ।“

गाउँ तथा नगर अधिवेशन सम्पन्न भएसँगै अब जिल्लाका प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको नेपाली कांग्रेसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्