व्यासको निर्णयः भदौभित्र विद्यालय भर्ना, असोजबाट शुल्क

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाभित्रका विद्यालयलाई भदौभित्र भर्ना प्रक्रिया सक्न निर्देशन दिइएको छ । व्यास नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले विद्यालयलाई स्वास्थ्य मापदण्ड पुरा गरेर वैकल्पिक विधिबाट भदौभित्र भर्ना प्रक्रिया सक्न निर्देशन दिएको हो ।

वैकल्पिक विधिबाट पठनपाठन अघि बढाउनका लागि तयारी भएकाले आफ्नो यकिन विद्यार्थी संख्या तय गरेर यकिन विद्याथी विवरण पेश गर्नका लागि नगर कार्यपालिकाले निर्देशन दिएको हो ।

निर्देशन कक्षा १० र ११ र १२ सम्मको अध्ययन गर्ने विद्यालयका लागि भएको कार्यपालिकाको निर्णयमा उल्लेख छ । अब यसरी आएको संख्याका आधारमा वैकल्पिक शिक्षा असोजबाट सञ्चालन गर्ने तयारी नगरपालिकाको छ ।


र, त्यसका लागि शुल्क लिने बाटो पनि नगर कार्यपालिकाले खुलाएको छ । अब विद्यार्थीको संख्या आए पछि वैकल्पिक सिकाईका प्रक्रिया र त्यसका लागि लिइने शुल्क भने नगरपालिकाको शिक्षा समितिले तोक्न सक्ने गरी जिम्मा दिने निर्णय पनि कार्यपालिकाले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी