‘तनहुँ तरंग’ शुरु

  • ख-
  • ख+

दमौलीः दमौलीमा आईतबारबाट तनहुँ तरंग साप्ताहिक पत्रिकाको प्रकाशन थालिएको छ । पत्रिकाको नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं राष्ट्रिय दलित पत्रकार संघ तनहँुँका अध्यक्ष एसबी नेपालीले शुभारम्भ गरे ।

उनले पछिल्लो समय पत्रकारिता पेशामा महिला,दलित,जनजाति समुदायका युवायुवतीहरुको समेत आर्कषण बढ्दै गएको अवस्थामा यस पेशालाई अझ मर्यादित र जिम्मेवार बन्न आवश्यक रहेको औंल्याए ।

प्रगतिशील लेखक संघका जिल्ला सचिव एवं राष्ट्रिय दलित पत्रकार संघ तनहुँका सल्लाहकार विनोद कुमार विक विकासले देशको आमूल परिवर्तनमा सञ्चारकर्मीको महत्वपुर्ण भूमिका रहेको बताए ।
पत्रिकाका प्रधान सम्पादक अन्जन न्यौपानेले पत्रिकाको नाउँ जस्तै व्यवहारमा पनि काम गरेर देखाउन सके आम नागरिकहरुको मन जित्न सकिने बताए ।
पत्रिकाका प्रकाशक सुरेश सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । तनहुँ जिल्लामा आठ वटा दैनिक, पाँच साप्ताहिक र नौ एफएम रेडियो संञ्चालनमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी