तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनमा १४९४ मत खस्यो, ७ बजेबाट गन्ने तयारी

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि शनिबार भएको मतदानमा एक हजार चार सय ९४ मत खसेको छ ।

निर्वाचन अधिकृत एवं बार एसोसिएसन तनहुँ जिल्ला अदालत बार एकाईका अध्यक्ष भानुभक्त सुवेदीले दमौली न्युजलाई बताए अनुसार विहान आठ बजेबाट दिउँसो साढे ४ बजेसम्म तोकिएको समयमा मतदानस्थलमा प्रवेश गरेका उल्लिखित संख्याका मतदाताले मतदान गरेका हुन् ।

संघमा कुल एक हजार नौ सय ५० मतदाता छन् ।


शुरुमा चार बजेसम्म भनिए पनि पछि आधा घण्टा समय थप गरिएकामा करिब सवा ४ तिर हावाहुरी आएको थियो । हावाहुरीका बीच पनि भित्र पुगेका मतदाताले मतदान गरेको सुवेदीले जानकारी दिए ।


७ बजेबाट मत गन्ने तयारी
मतको गणना साँझ ७ बजेबाट गर्ने तयारी आयोजकको छ । निर्वाचन अधिकृत सुवेदीले सबै प्रक्रिया सकेर साँझ मत गन्ने योजना रहेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी