व्यास नगर सभापतिमा तुल्सीराम सापकोटा सर्वसम्मत

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेस व्यास नगर समितिको सभापतिमा तुल्सीराम सापकोटा सर्वसम्मत निर्वाचित भएका छन्। सभापति पदका लागि अन्तिम समयसम्म उम्मेदवारी दिएका सरोज भण्डारी र प्रतापसिंह अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।

त्यसै गरि उपसभापतिमा कमला विक (महिला), सुरेश वाग्ले, सचिवमा गौरव पन्थ,सह सचिवमा पुष्प श्रेष्ठ निर्विरोध भएका छन्। सदस्यहरुमा आरती काफ्ले ( युवा महिला), खिरमाया विक( दलित महिला), टिकाराम मौरती (दलित), विजयादिन मिया(युवा) र सन्देश रानाभाट (लौडारी) निर्विरोध हुन् ।

नेपाली कांग्रेसको जिल्ला सदस्य पदमा व्यास नगर समितिबाट कुमार (जीवन) गुरुङ र रफत साना मियॉ सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचितहरुलाई काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र काङ्ग्रेस केन्द्रीय सदस्य तथा जिल्ला पूर्व सभापति धुर्व वाग्लेले खादा र अबिर लगाएर अभिनन्दन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्