दमौलीः नेपाली कांग्रेस व्यास नगर समितिका निवर्तमान सभापति सूर्यचन्द्र हड्खलेले तनहुँ क्षेत्र १ को क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिने भएका छन् ।
१५ औं महाधिवेशनअन्र्तगत क्षेत्रीय समितिको निर्वाचनले क्षेत्रीय सभापति निर्वाचित गर्नेछ ।
व्यास नगर सभापतिका रुपमा एक कार्यकाल सञ्चालन गरेका हड्खलेले विगतमा नेपाल ट्रेड युनियन कांग्रेसको सभापतिका रुपमा दुई कार्यकाल सफलतापूर्वक सञ्चालन गरिसकेका छन् ।
नेपाल रेडक्रससहित विभिन्न सामाजिक संस्था, शैक्षिक संस्थामा नेतृत्व सम्हालिसकेका हड्खले पार्टी सभापति गगन थापानिकट मानिन्छन् ।
उनले आफ्नो अनुभवनका आधारमा स्थानीय तहमा संगठन बलियो पार्ने, युवा तथा नयाँ पुस्तालाई मुलधारमा जोड्ने, संगठन थव व्यवस्थित र सक्रिय पार्नेलगायतका एजेण्डा अघि सारेका छन् ।





