तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः कसको पल्ला बन्ला भारी ? (भिडियोसहित)

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
सहमतिको अन्तिम प्रयास सफल नभए पछि ईतिहासमा पहिलो पटक तनहुँ उद्योग वाणिज्य संघको १६ औं महाधिवेशनमा अध्यक्ष पदमा मात्र मतदानमार्फत नेतृत्व चयन हुँदैछ । यसपाली अध्यक्षको दौडमा दमौलीका उम्मेदवारबीच मात्र प्रतिष्पर्धा हुँदैछ ।

तत्कालीन अध्यक्ष मोहनकुमार विक र सूर्यनाथ खनाल चुनाव लडेयता दमौलीकै उम्मेदवार आपसमा भिडेको यो पहिलो घटना हो । एक आपसमा जोडिएका प्रत्यासी वैकुण्ठनाथ मिश्र र पबिन्द्रकुमार श्रेष्ठ दुवैले दमौली न्यूजसँगको कुराकानीका क्रममा ‘सौहार्द प्रतिष्पर्धा’ हुने बताएका छन् ।


पवन पौडेल

तर चुनावी अंकगणितमा आफूलाई अब्बल बनाउन अबका केही घण्टा दुवैको कसरत अत्यधिक सघन हुनेछन् । दुवै दमौलीका उम्मेदवार भएका कारण विगतमा दमौलीका उम्मेदवारले पाउने फाइदा यसपाली दुवैलाई हुनेछैन ।


कुल एक हजार नौ सय ५० मत रहेको संघअन्र्तगत दमौलीसँग मात्र एक हजार ८५ मत भएका कारण पनि यही बजारमा धेरै मेहनत गर्न सक्ने लोकप्रिय उम्मेदवारको सम्भावना बढी रहने तथ्यांकले देखाउँछ ।


बाहिरका ठूला बजार एकाईहरु भीमाद, खैरेनीटार, दुलेगौंडा र भन्सारसमेत संघको छाताबाट बाहिरिए पछि यसपालीको चुनावमा अरु बाँकी बजारको तुलनामा दमौलीको लोकप्रिय मत बढी तान्न सक्नेले नै चुनाव जित्ने अवस्था छ ।


बाहिरका ठूला बजार एकाईहरु भीमाद, खैरेनीटार, दुलेगौंडाा, तुरतुरे र भन्सारसमेत संघको छाताबाट बाहिरिए पछि यसपालीको चुनावमा अरु बाँकी बजारको तुलनामा दमौलीको लोकप्रिय मत बढी तान्न सक्नेले नै चुनाव जित्ने अवस्था छ ।


तर दुवै उम्मेदवार दमौलीका भएका कारण दुवैलाई बजारबाट बढी मत पाउने आशा छ । अर्को ठूलो बजार डुम्रे र आँबुखैरेनीमा पकड राख्न सकेमा त्यसले आकांक्षीलाई सहज जीतको बाटो तय गर्न सघाउनेछ । यसकारण विगतको जस्तो चुनावी हिसाबले यसपाली काम गर्ने सम्भावना छैन ।


यसपाली अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई पूर्व अध्यक्ष एवं चुनावी हिसाबका राम्रा जानकार कृष्णराज पण्डितको खुला साथ छ ।

यसपाली अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई पूर्व अध्यक्ष एवं चुनावी हिसाबका राम्रा जानकार कृष्णराज पण्डितको खुला साथ छ ।

उनी चुनावमा कसरी जित्ने र कसरी हराउने भन्ने हिसाबमा माहिर छन् । विगतमा दमौलीकै उम्मेदवार पबिन्द्रकुमार श्रेष्ठमाथि जीतेको अनुभवी ईतिहास बोकेका सारथी र आफू बजार एकाई सभापति हुँदा कमाएको लोकप्रियता मिश्रका सबल पक्ष हुन् ।

तर कांग्रेसले आधिकारिकता दिएको र बाँकी पूर्व अध्यक्षहरु खुलेर समर्थनमा आएका कारण पबिन्द्रकुमार श्रेष्ठको आत्मबल बलियो देखिन्छ ।


तर बाँकीी अधिकांश पूर्व अध्यक्षहरु खुलेर समर्थनमा आएका कारण पबिन्द्रकुमार श्रेष्ठको आत्मबल बलियो देखिन्छ । जेसिआई व्यास नगरको नेतृत्वकौशल भएको पृष्ठभूमिका श्रेष्ठ आफ्नो सामाजिक संस्था र पारिवारिक सम्बन्ध समेतलाई उपयोग गरेर चुनाव जित्ने योजनामा छन् ।


तर फरक चुनावी अंकगणितका कारण र बाहिर नदेखिने अनि भित्र हुने चुनावी खेलका कारण कसले चुनाव जित्ला सहजै भन्न सकिने अवस्था छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्