आज राती कहाँ अधिक वर्षा ? सजगता अपनाउनुपर्ने क्षेत्र कुन हुन् ?

दमौली न्युज
  • ख-
  • ख
  • ख+

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै वर्षाको सम्भावना बढेको बताएको छ ।

बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको क्षेत्रमा रहेको छ। यो प्रणाली सुरुमा आफ्नो तीव्रता कायम राख्दै उत्तर(पश्चिमतर्फ सर्ने र त्यसपछिको २४ घण्टामा उत्तर(उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर हुने महाशाखाले विश्लेषण गरेको छ।

हालको मौसमको अवस्था अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू(भाग ढकमक्क बादलले ढाकिएको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका एक(दुई स्थानमा अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै मधेस प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानमा तीव्र हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षा र हावाहुरीका कारण पहाडी तथा तटीय क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भू(क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहनेछ।

यसबाट आम नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात एवं उद्धार र राहतका कार्यहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र विभागबाट जारी हुने अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन महाशाखाले आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्