
दमौलीः तनहुँ उद्योग वाणिज्य संघको आसन्न १६ औं महाधिवेशनमा अध्यक्ष पदका लागि मतदान हुने भएको छ । अन्तिम उम्मेदवारी फिर्ता लिने समयमा अध्यक्ष बाहेकका सबै पदमा अन्य उम्मेदवारले फिर्ता लिए पछि अब संघको नयाँ नेतृत्वका लागि मतदानमार्फत नेतृत्व चयन हुने भएको छ ।
अन्तिम उम्मेदवारी फिर्ता लिने समयमा अध्यक्ष बाहेकका सबै पदमा अन्य उम्मेदवारले फिर्ता लिए पछि अब संघको नयाँ नेतृत्वका लागि मतदानमार्फत नेतृत्व चयन हुने भएको छ ।
अध्यक्षका प्रत्यासीमध्ये अर्जुन अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।
तर बाँकी दुई प्रत्यासीमध्ये एकका पक्षमा सहमतिका लागि पूर्व अध्यक्षहरुले गरेको अन्तिम प्रयास सफल हुन सकेन । अब शनिबार हुने मतदानले जिल्लाभरका व्यापारीको छाता संस्थाको नेता छान्नेछ ।
यसैबीच, संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।
यसैबीच, संघको वस्तुगत सदस्यमा सुनचाँदी व्यवसायी समिति विजयी भएको छ । क्षेत्रीय होटल संघले उम्मेदवारी फिर्ता लिए पछि संघ सर्वसम्मत भएको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।