तनहुँ उद्योग वाणिज्य संघ महाधिवेशनः प्रथम उपाध्यक्षमा ईमकुमार, द्वितियमा कुमार सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा ईमकुमार मल्ल सर्वसम्मत भएका छन् ।

१६ औं महाधिवेशनमा उम्मेदवारी दिएका मल्लका पक्षमा अरु आकांक्षीे समर्थन जनाए पछि उनी सर्वसम्मत भएका हुन् । सो पदमा उम्मेदवारी दिएका सुरेश पुरीले उम्मेदवारी फिर्ता गरेका हुन् ।


यसैगरी संघको द्वितिय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत भएका छन् । पदका प्रत्यासी डुम्रेका सुनिल श्रेष्ठ र नेक महमदले उम्मेदवारी फिर्ता लिए पछि मल्ल सर्वसम्मत भएका हुन् ।
यसैगरी एसोसिएटमा ओमराज श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि शिवओम मल्ल पनि सर्वसम्मत भएको संघको सचिवालयले जनाएको छ ।

यद्यपि यसको आधिकारिक घोषणा भने अन्तिम फिर्ताको समय पछि गरिने संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।
यसैगरी, अध्यक्षका प्रत्यासी अर्जुन अधिकारीले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी