गरिमा बैंकले १३.५ प्रतिशत बोनस शेयर दिने

  • ख-
  • ख+

पोखरा: गरिमा विकास बैंकको १४ औं बार्षिक साधारण सभाले श्यामप्रसाद बस्यालको अध्यक्ष नयाँ संचालक समिति चयन भएको छ । पोखरामा शुक्रबार सम्पन्न भएको साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि बस्याल सहित ६ सदस्य संचालक समितिमा चयन गरेको हो ।


अन्य संचालक समितिको सदस्यहरुमा संस्थापक तर्फबाट डा.आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ र सर्वसाधारण तर्फको शेयर सदस्यबाट संजिव ढकाल, सरस्वती पाठक र विमल पाण्डे चयन भएका हुन्।


संस्थाको ५४ अर्ब ५१ करोड निक्षेप रहेको छ भने ४६ अर्ब ८५ करोड कर्जा (लगानी) भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए । संस्थाको हालसम्म १ सय ६ शाखामा ९ सय ६ जना कर्मचारी रहेको बैंकले जनाएको छ । उक्त साधारण सभाले १३.५ प्रतिशत वोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।


१३.५ प्रतिशत बोनस वितरणको तयारी
बैंकको ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैया चुक्ता पुंजि रहेको छ जसमध्य १३.५ प्रतिशतको ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैया बोनश शेयर जारी गर्ने भएको हो । संस्थाले करिब ०.७१ प्रतिशतले हुन आउने २ करोड ३० लाख ११ हजार ७ सय ४० रुपैया नगद लाभांश वितरण गर्नै प्रस्ताव समेत पारित गरेको अध्यक्ष चन्द्रकान्त बरालले बताए ।


संस्थाले चितवनको मिलनचोक शाखा प्रथम, कास्की पोखरा हेमजाको शाखा दोश्रो र काठमाण्डौंको लाजिम्पाट शाखा तेश्रो भएको छ ।
संस्थाको सञ्चित मुनाफा ताथ जगेडा कोषमा चालु आर्थिक बर्षमा ६३ करोड ७५ लाख १० हजार ४ सय ६४ रुपैया रहेको छ भने यस बर्ष अघिल्लो बर्ष को तुलनामा २३.१५ प्रतिशतले बृद्धि भएको संस्थाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी