सीपीएल : सन्दीप र रसेलको उत्कृष्ट प्रदर्शन, टोलीको लज्जास्पद हार

  • ख-
  • ख+

ट्रिनीडाड : क्यारेबिन प्रिमियर लिग(सीपीएल) मा यस सिजनको टोलीको तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेका छन् । तर उनको टोली जमैका ताल्लवाशले नराम्रो हार व्यहोरेको छ। 

आइतबार बिहान भएको खेलमा जमैकाले गुयना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो । 

ब्रायन लारा मैदानमा टस जितेर पहिले बलिङ रोजेको जमैकाले गुयना अमेजनलाई ११८ रनमा मात्रै सीमित गर्न सफल भएको थियो । १९.१ ओभरमा सबै विकेट लिएको थियो । तर जवाफी ब्याटिङमा उत्रिएका जमैकाका ब्याट्सम्यानले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सके । टोली १४ रनले पराजित हुन पुग्यो । 

सन्दीपले पूरा ४ ओभर बलिङ गर्दा जम्मा ८ रन मात्रै दिएर २ विकेट लिन सफल भए । सुरुमा आक्रामक ब्याटिङ गरेका गुयना अमेजनका ओपनरले ५ ओभरमै ५५ रन बनाएका थिए । छैटौं ओभरमा अफगान्स्तिानका युवा बलर मुजिब रहमानले २ विकेट लिएपछि अमेजनको ब्याटिङ सुस्त भएको थियो । ७औं ओभरमा आन्द्रे रसेल र ८औं ओभरमा मुजीवले थप एक विकेट लिए । 

९औं ओभरमा सन्दीप बलिङमा आए उनले २ रन मात्रै दिए । त्यसपछि ११ ओभरमा १ विकेट लिँदै जम्मा १ रन लिए । १३औं ओभरमा ३ रन दिए । १५औं ओभरमा १ विकेट लिँदै एक वाइडसहित २ रन दिए । सन्दीपको ओभर सकिँदा विपक्षी टोलीले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो । 

झिनो लक्ष्य पछ्याएको जमैकाले पहिलो बलदेखि नै विकेट गुमाउन पुग्दा दवावमा पर्‍यो । सुरुवातमा निरन्तर विकेट गुमाएपछि १२.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको अवस्थामा क्रिजमा आएका आन्द्रे रसेलले ३७ बलमा ५२ रन बनाएर नटआउन रहन सफल भएपनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन । ८औं नम्बरमा ब्याटिङमा आएका सन्दीप ३ बलको सामना गर्दा कुनै रन नबनाइ आउट भए । 

पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्ला २ खेलमा हार व्यहोरेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी