व्यास नगर समितिद्वारा नेता दाहालको सदस्यता खारेजी सिफारिस

दमौली न्युज
  • ख-
  • ख+

दमौली: राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिको आज बसेको बैठकले रास्वपा महाधिवेशन प्रतिनिधि राजु दाहालको सदस्यता खारेजीको लागि सिफारिस गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं ३ बाट सदस्यता लिएका सदस्य नं. TAN 1 क-000013634 कायम रहेका राजु दाहालको सदस्यता खारेजीको लागि सिफारिस गरेको हो ।

जिल्ला कार्यसमिति मार्फत अनुशासन आयोगमा सिफारिस गरिएको व्यास नगर सचिव भाग्यशाली ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा पार्टीको गतिविधिमा अनावश्यक हस्तक्षेप र गुटबन्धी गरेका र अन्य सदस्यहरुसंग वादविवाद भई सामाजिक सन्जालबाट राजिनामा दिई पार्टी छोडी बसेका थिए ।

मिति २०८२ पौष २३ गते पुनः पार्टीमा फर्कनको लागि नगरमा निवेदन दिएकोमा मिति २०८२।१०।१२ गतेको बैठकबाट पार्टीलाई ईमानदारी पूर्वक अगाडी बढाउन र गुटबन्दी नगर्ने शर्तमा पार्टी सदस्यता सक्रिय गरिएको जनाइएको छ ।

हाल आएर पुनः नगर, जिल्ला, प्रदेशको अधिवेशनमा गुटबन्दी गरेको, पार्टीको हित विपरित भेला गर्ने, सार्वजनिक ठाउंमा भोज भतेर गराई पार्टीका नेतृत्वप्रति कटाक्ष गर्ने गरेको र वडा, नगर, जिल्लाका केहि व्यक्तिहरुलाई स्थानीय तहको पद बांड्दै हिडेको, छु‌ट्टै समूह गठन गरि रा.स्व.पा.को भेला भनि साथीहरुलाई झुक्काई भेलामा जम्मा गर्ने गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ ।

 

साथै निजको अन्तिम उजुरीको फैसला नआउंदासम्म पार्टीका कुनैपनि गतिविधिमा संलग्न हुन र आफ्‌नो मातहतका कुनैपनि समिति, विभागको बैठक तथा भेलाहरुमा संलग्न नगराउन हुन सम्पूर्णलाई सूचित समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्