प्रहरीद्वारा गाँजा सहित एक युवक पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २०८३ साउन १८ गते प्रहरी चौकी भानु तनहुँबाट खटिएको प्रहरी टोलीले व्यास गाउँपालिका–१ बगर क्षेत्रस्थित चेकजाँचका क्रममा मोटरसाइकलमा बोरा बाँधी ल्याउँदै गरेको करिब ३ केजी गाँजा बरामद गरेको हो।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–६ निवासी एक पुरुषलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ ल्याइएको प्रहरीले जनाएको

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्