लियो क्लव अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा अञ्जली ‎बि.क

दमौली न्युज
  • ख-
  • ख+

दमौली: ‎लियो क्लब अफ तनहुँ निर्मल अल्फाको अध्यक्षमा लियो अञ्जली बि.क. सर्वसम्मत चयन भएकी छन् । क्लबको वार्षिक साधारण सभामा भएको निर्वाचन प्रक्रियामा उनी सर्वसम्मत चयन भएकी हुन् । उनी अब आगामी लायन्स वर्ष २०२६/२७ का लागि क्लबको नेतृत्व समाल्ने छिन्।

नव निर्वाचित अध्यक्ष बि.क.ले आफुलाई सबैले विस्वास गरि अध्यक्ष जस्तो गरीमामय पदमा सर्वसम्मत चयन गर्न सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गर्दै उनले “क्लबलाई थप सक्रिय बनाउने र सामाजिक सेवाको कामलाई प्राथमिकता दिने बताईन् ।

कार्यक्रम क्लबका निर्वतमान अध्यक्ष लियो सुरज आलेको सभापतित्वमा भएको कार्यक्रमको लायन्स इन्टरनेसनल ३२५ याल नेपालका प्रमुख अतिथि,सल्लाहकार कृष्ण हरि गैरे रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लियो निर्मल अल्फाले बिधालय स्तरमा सेवाको भावना बिकास गर्न महत्त्वपुर्ण भुमिका खेल्ने र नेतृत्व बिकासमा भुमिका खेल्ने बताए ।

कार्यक्रममा लियो क्लव अफ तनहुँका अध्यक्ष मुकेश बिडारी ,लियो क्लव अफ तनहुँका उपाध्यक्ष बिमल अधिकारी ,सहसचिव पबिना न्यौपाने ,सह कोषाध्यक्ष बिमल श्रेष्ठ को उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्