सीपीएल : सन्दीपको मध्यम प्रदर्शन, टोली पराजित

  • ख-
  • ख+

ट्रिनीडाड : क्याराबिन प्रिमियर लिग(सीपीएल)को यस सिजनको आफ्नो दोस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले औसत प्रदर्शन गरेका छन् ।  शुक्रबार बिहान भएको खेलमा सन्दीप आवद्ध टोली जमैका तल्लवाशले ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गरेको थियो। 

सन्दीपले ४ ओभर बलिङ गर्दै ३० रन दिएर १ विकेट लिए । ब्रायन लारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले  २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो । १३६ रनको सामान्य लक्ष्य पछ्याएको ट्रनबागोले बिना दवाव खेलको थियो । 

९औं ओभरमा बलिङमा आएका सन्दीपले ४ रन मात्रै दिएका थिए । त्यसपछि ११औं ओभरमा ११ रन दिएपनि ३८ बलमा ५३ रन बनाएर आक्रामक रुपमा खेलिरहेका सुनिल नारीनलाई आउट गराउन सफल भए । त्यसपछि सन्दीपले १३औं ओभरमा ७ र १५ ओभरमा १० रन दिए भने थप विकेट लिन सकेनन् । 

स्कोर थोरै भएपछि जमैकामाथि ट्रिनबागो एक पक्षीय दवाव बनाएको थियो । १८.१ ओभरमा ३ विकेट गुमाउँदै ट्रिनबागोले सहज जित हात पर्‍यो । 

यस खेलमा सन्दीप ब्याटिङका लागि क्रिजमा उत्रिए तर एक बलको पनि सामना गर्न पाएनन् । अन्तिम ४ बल बाँकी छँदा मैदान छिरेका सन्दीप ननस्ट्राइकमै रहँदै अनआउट भए । यसअघि बुधबार राति भएको खेलमा पनि सन्दीपले एक विकेट लिएका थिए । जमैकाले पहिलो खेलमा जित हात पारेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी