पीएसजीको प्रतिद्वन्द्वी बायर्न

  • ख-
  • ख+

लिस्बन : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको राजधानी लिस्बनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३– गोलले पराजित गर्दै बायर्न उपाधि नजिक पुगेको हो ।

बायर्नलाई सहज जित दिलाउन सर्ज गनाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । खेलको १८औं मिनेटमा गनाब्रीले गोल गर्दै जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्नलाई अग्रता दिलाएका थिए । जोसाओ किमिचले उपलब्ध गराएको सुन्दर पासमा गनाब्रीले गोल गरेका थिए । खेलको ३३औं मिनेटमा गनाब्रीले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाए । उनले रोबर्ट लेवान्डोस्कीको पासमा बायर्नको अग्रता दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको बायर्न म्युनिखले निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा लियोनको पोस्ट्मा गोल गरेको थियो । खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३–० को सहज जित दिलाए । जोसुवा किमिचले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए । जारी सिजनमा लेवान्डोस्कीको यो १५औं गोल हो ।

बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजी पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइपजिगलाई ३–० ले हराउँदै उपाधि नजिक पुगेको छ । पीएसजीका लागि मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले गोल गरेका थिए । पीएसजी पहिलोपटक फाइनलमा पुगेको हो । बायर्न र पीएसजीबीचको फाइनल खेल आगामी सोमबार हुनेछ ।

जारी सिजनमा पीएसजी र बायर्न दुवै टोलीले आक्रामक फुटबल खेल्दै आइरहेका छन् । यी टोलीले घरेलु लिग र कपमा जित हासिल गरेका थिए । निकै आक्रामक फुटबल खेलेको बायर्नले क्वार्टरफाइनलमा स्पेनिस पावर हाउस बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी