नेपाली सेनाको हेलिकोप्टर लिएर सभामुख लिदीमा

  • ख-
  • ख+

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा त्यहाँ पुगेका हुन् ।

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आज विहान ६ बजे गएको पहिरोमा ठूलो मात्रामा मानविय क्षती भएपछि सभामुख त्यसतर्फ उद्धारको लागि पुगेको जानकारी दिए। ‘लिदी पहिरो उद्धार लागि काठमाडौंबाट हेलिकोप्टरमा आएर सभामुख चौतारामा झर्नुभएको थियो। उद्धारका लागि पहिलो प्राथमिकता भएकाले घाइतेको उद्वार गर्न हेलिकप्टरमा सेना पठाइएको हो, त्यसपछि उहाँ घटनास्थल पुग्नु भएकाे हाे।’ न्यौपानेले भने।

आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।

आज बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए ।

पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

तस्विरहरु : श्रीधर न्यौपाने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी