पत्रकार नहर्कीको रचना र गायक नवराज थापाको स्वर रहेको गीत ‘विरानो देश’ बजारमा (भिडियो सहित)

  • ख-
  • ख+

तनहुँ । पत्रकार अमरराज नहर्कीको शब्द रचनामा रहेको गीत ‘विरानो देश’ को म्युजिक भिडियो बजारमा आएको छ । सुप्रसिद्ध म्युजिक च्यानल ओएसआर डिजिटल, काठमाडौंको मार्फत गीत बजारमा आएको हो ।

कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजानिक गर्ने चाहाना भएपनि कोरोनाको कहरले गर्दा सिधै गीत बजारमा ल्याईएको गीतको निर्माता प्रभा नहर्कीले बताईन ।

गीतमा स्वर तथा सङ्गीत गायक नवराज थापाको रहेको छ । म्युजिक भिडियोको निर्देशन पत्रकार समुन्द्र पौडेलले गरेका छन् ।

गीतमा मूख्य कलाकारहरुमा सुदीप पौडेल र पूजा केसी रहेका छन् । गीतमा ड्रोन महेश वाग्ले र छायाङ्कन रमेश शर्माले गरेका हुन्।

नेपालमा बेरोजगारीको समस्याले गर्दा धेरै युवाहरु वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यतात्मक अवस्था रहेको विदेश गएका कयौं युवा जोखिम युत्त काम गर्नु पर्दा मृत अवस्थामा फर्किनु परेको कारुणीकतालाई गीतमा समेटिएको छ ।

स्थानीय, प्रदेश तथा संघिय सरकारलाई युवाहरुलाई स्वदेशमा रोजगारी दिने शिक्षा, दिक्षा दिने तथा वातावरण सृजना गर्ने दबाब दिने तथा युवाहरु पनि स्वदेशमै उद्यमशिल बन्न उत्प्रेरित बन्न मद्धत पुगोस् भन्ने उद्धेश्यले गीत विरानो देशको म्युजिक भिडियो निमार्ण गरिएको गीतकार नहर्कीले बताए ।

गीत यस्तो रहेको छ –

हातको रुमाल मैलो भयो धोईदिने कोही छैन
विरानो देशमा मै मरी गए रोईदिने कोही छैन
मरि हालें भने पनि नेपालमै मर्न पाउँ
आँखाभरी झल्किरहन्छ म जन्मेको गाउँ
विदेशमा बसेको छु म परेर अलमल
निभेको छ मनको बक्ति छैन झलमल
कसको हुन्छ र परदेशमा आउनलाई मन
रुँदै रुँदै आएको म कमाउनलाई धन
बुढाभाका, बा–आमाले हेर्छन् मेरै बाटो
शिर निहुराई ढोग्ने मन छ म जन्मेको माटो
अर्ति दिने बुढापाका, खेली हिड्ने साथी
बिर्सिदिन कहिल्यै पनि राख्छु शिर माथी

पत्रकार नहर्की बाल्यकाल देखि नै साहित्य लेखनमा छन् । उनले विभिन्न साहित्यिक प्रतियोगितामा भाग लिएर पुरस्कृत हुँदै आएका छन् ।

गत वर्ष तनहुँको भानु नगरपालिकाले २०६औं भानु जयन्तीको अवसरमा आयोजित खुला कवितामा प्रथम भएका थिए ।

२०५५ सालमा आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको कविता प्रतियोगितामा नहर्की प्रथम भएका थिए । पत्रकार नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता हुन ।

हेर्नुहोस भिडियो :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी