पसलेका ११० विद्यार्थीलाई लायन्स म्याग्देको स्यानिटाइजर र मास्क

  • ख-
  • ख+

किताब किन्न नसकेका ६ बालबालिकालाई सबै पाठ्यसामग्री सहयोग

म्याग्दे ः लायन्स क्लब अफ तनहुँ म्याग्देले पसले आधारभूत विद्यालय म्याग्दे ३ का एक सय १० विद्यार्थीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

लायन्स डिष्ट्रिक्टको विद्यार्थी पढाउमा सघाउने अभियान ‘नर्चर दि फ्फुचर’ अन्तर्गत आर्थिक अभावमा खरिद गर्न नसकेका छ जनालाई आवश्यक सबै पाठ्यसामग्री सहयोग गरेको छ ।
सोही अवसरमा विद्यालयका विद्यार्थीलाई खाजा पनि वितरण गरियो ।

लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का एडभाइजर सन्तोस घिमिरेले सामग्री हस्तान्तरण गर्दै गर्भनर मनबहादुर रोकाको अभियानमा सघाएको भन्दै क्लबलाई धन्यवाद दिए । उनले आगामी सिजनका लागि आर्थिक अभाव भोगेका पाठ्यपुस्तक आफ्ना तर्फबाट दिने घोषणा गरे ।

विद्यालयका शिक्षक हरि सिग्देलले सहयोगले विद्यालयलाई पनि हौसला मिलेको बताए ।

कार्यक्रममा अध्यक्ष भीमलाल श्रेष्ठले आर्थिक अभावमा कोही पनि बालबालिका पठनपाठनबाट बञ्चित नहुन् भनेर सहयोग गरिएको बताए । ‘आगामी दिनमा पनि बालबालिकाको शिक्षा आर्थिक अभावमा रोकिन नदिन हाम्रो सहयोग निरन्तर हुनेछ,’ उनले भने ।

कार्यक्रममा प्रथम उपाध्यक्ष सुरेन्द्र अधिकारी, द्वितिय उपाध्यक्ष सुन्दरमणि अधिकारी, सचिव पशुपति अर्याल, कार्यक्रम संयोजक प्रमोद भट्टराई लगायतले बालबालिकाको भविष्य उज्यालो पार्न क्लबको सहयोग निरन्तर रहने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी