बेपत्ता बसिर अझै भेटिएनन्

  • ख-
  • ख+

आत्महत्याको आशंकामा खोजी शुरु
दमौलीः कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेपछि बेपत्ता व्यास ३ निवासी बसिर अहमद मियाँले आत्महत्या गरेको आशंकामा पोखराको सेती नदी आसपासका क्षेत्रमा खोजी थालिएको छ ।

गत मंगलबार ज्वरो आएर पोखरा उपचारका लागि गएका उनी चरक अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।

त्यसयता उनी बेपत्ता छन् । प्रहरीले उनले आत्महत्या गरेको आशंकाका आधारमा खोजी थालिएको छ ।

आईतबार दमौलीबाट गएका आफन्तसहित प्रहरीको टोलीले सेती किनारका विभिन्न भागमा खोजी गरेको थियो । तर खोजीका क्रममा केही पत्ता नलागेको उनका भाई मोहम्मद अजिजले बताए ।
सोमबार पनि सेती किनारमा खोजी जारी रहेको प्रहरीले जनाएको छ । अस्पतालको प्रि आईसोलेसनको वातावरण खराब भएको गुनासो गरेका उनी कसैलाई केही नभनी बेपत्ता भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी