
दमौलीः दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुनिल पौडेल र एक कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुवैको नतिजा पोजेटिभ पाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले पुष्टि गरे ।
डाक्टर पौडेल केही दिन अघि मात्र काठमाडौं गएर फर्किएका थिए । रिपोर्ट आउनु अघिसम्म पनि उनी बिरामीको परीक्षणमै सहभागी थिए । कार्यालय सहयोगी भने आईसोलेसनमा काम परेर गएकी थिइन् ।
अध्यक्ष अधिकारीले दुवैमा कोरोना देखिएकाले अब सबै कर्मचारीको परीक्षण गरिने र नतिजाका आधारमा अरु थप निर्णय लिने बताए । ‘परीक्षणको नतिजा के आउँछ त्यसैका आधारमा निर्णय गछौं,’ उनले भने ।