शुक्लागण्डकीमा संक्रमित पुरुषको कन्ट्रयाक ट्रेसिङमा ५७ जना परे, शनिबार स्वाव संकलन गरिने

  • ख-
  • ख+

दुलेगौँडा । तनहुँ शुक्लागण्डकीमा समुदायस्तरमा कोरोना पुष्टि भएका पुरुषसंगको सम्पर्कमा आएकाहरुको कन्ट्रयाट ट्रेसिङ सकिएको छ।बुधबार र विहिबार गरिएको कन्ट्रयाक ट्रेसिङमा ५७ जना संक्रमितको सम्पर्कमा आएको पाइएको छ।

संक्रमित दुलेगौँडामा संचालित युनिक डिपार्टमेन्टल स्टोर्समा कार्यरत कर्मचारी हुन् । संक्रमित माकेटिङ्गको काम गर्ने भएकाले यति धेरै व्यक्तिको सम्पर्कमा पुगेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए।“कन्ट्रयाक ट्रेसिङकोक्रममा संक्रमित शुक्लागण्डकीका विभिन्न पसलहरुसंगै पोखरा महानगरपालिका र भिमाद नगरपालिकासम्म सामान पु¥याउन पुगेका देखियो”-उनले भने। संक्रमित धेरै व्यक्तिको सम्पर्कमा आएको हुदाँ संक्रमणको जोखिम पनि बढी भएकाले अनावश्यक रुपमा बाहिर ननिस्कन उनले आग्रह गरे ।

संक्रमित शुक्लागण्डकी, भिमाद र पोखराको तालचोक, मजुवा, शिशुवा, अर्घौंचोक, बुढिबजार र कालीकाचोकका विभिन्न पसलमा पुगेका थिए । मेडिकल र पसलका गरी २९ जना उनको सम्पर्कमा पुगेको पत्ता लागेको छ। त्यस्तै उनी कार्यरत डिमार्टमेन्टल स्टोर्स र तनहुँ सेवा हस्पिटलका स्वास्थ्यकर्मी तथा कर्मचारी गरी २८ जना पनि कन्ट्राक ट्रेसिङमा परेका छन् ।उनको सम्पर्कका आएकाहरु सवै होम क्वारेन्टाइनमा रहेका छन् ।संक्रमित पुगेका सवै पसल तथा मेडिकल सिल गरिएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको शनिबार तनहुँ सेवा हस्पिटलमा स्वाव संकलन गरिने भएको छ । 


समुदायमा कोरोना संक्रमित भेटिएपछि स्थानिय त्रसित बनेका छन् । शुक्लागण्डकीमा बुधबार राती १० बजेबाट निषेधाज्ञा शुरु भएको छ । नगरका मुख्य बजार दुलेगौँडा,खैरेनीटार,कोत्रे सुनसान बनेको छ । अत्यावश्यक सेवाका पसलहरु पनि निकै कम खुलेका छन् ।

बजार क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । तर गाउँमा भने निषेधाज्ञाको प्रभाव छैन । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी