काठमाडौं: भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश प्रस्थान गरेका छन् ।
उनी केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए । विभिन्न भेटघाट र सम्झौता, सहमति लगायतका कार्यतालिका सकेर उनी आज नेपाल फर्किएका हुन् ।




