व्यासको चुनावी युद्धमोर्चा

दमौलीः लामो समयको कष्टकर यात्रापछि कांग्रेस नेतृत्वको बागडोर हुँदै नगरसमेतको हर्ताकर्ता भैसकेका निवर्तमान व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले त्यसअघि कानूनी अधिवक्ता र क्याम्पस प्रमुखको नेतृत्व सम्हालेका थिए ।

विद्यार्थीकालदेखि नै कांग्रेसी राजनीतिमा रहे पनि सँगै पेशागत कामसमेत अघि बढाएका उनको प्रमुख चाहना भने पार्टीको नेतृत्वमा पुग्ने र कांग्रेसी नेताहरुको जिल्लामा एउटा शक्तिका रुपमा आफूलाई उभ्याउने थियो । र, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको खेमामा रहेका कारण तत्कालीन समयमा बलशाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको दबदबा रहेको कार्य समितिमा उनी कुनै पनि निर्णयमा हावी हुने अवस्था थिएन ।

तर, समय बदलियो । पौडेल खेमा बलियो हुनु अनि वरिष्ठ नेताको निकटको लाभ लिएर न्यौपाने फेरि क्याम्पस पढाउन जानु नपर्ने गरी पूर्णकालीन राजनीतिमा स्थापित भए । आफू उपेक्षामा पर्दाको तीतो भोगेका न्यौपाने शक्तिमा आए पछि शक्तिशाली रुपमै स्थापित भए । अनि विगतमा आफ्नो शक्तिहिनताको बदला उनले लिए, बलशाली बनेर ।

उनको शासनकालमा उनीविरुद्ध चुनौती दिने कोही भएन । र, त्यही बलमा व्यास नगरपालिकाको प्रमुखका रुपमा २०७४ सालको स्थानीय चुनावमा टिकट हात पारेका न्यौपानेले संगठनमा भएको बलियो पकडकै आधारमा चुनाव जिते पनि ।

जिल्लाको शक्तिशाली पार्टीको जिल्ला प्रमुख अनि जिल्लाकै तहलाई समेत नियन्त्रणमा राख्न सक्ने नगर प्रमुख बनेपछि उनको बढेको शक्तिका कारण फेरि पनि उनको चाहनाविपरित कसैले पनि टिकट नपाउने धेरैको आँकलन थियो ।

तर, यसबीचमा आएको पार्टीको १४ औं महाधिवेशनअन्र्तगतको जिल्ला अधिवेशनमा आफ्नै कार्यवाहक जीतप्रकाश आलेसँग पराजित भए पछि त्यो सम्भावनामा कतिपयले प्रश्नचिह्न खडा गरेका थिए । तर, लामो समय आफूले साथ दिएका वरिष्ठ नेता पौडेलसँगको निकटताले न्यौपानेलाई पुनः लाभ दियो ।


पार्टी संगठनको बलियो मोर्चा अनि विगतमा जितेको अंकगणित अनि प्रमुख रहँदा वितरण गरेका बजेट अनि कामका आधारमा कार्यकाल दोहोर्याउने चाहना गरेका न्यौपानेसँग कांग्रेसको सबैभन्दा बलियो गढ मानिएको व्यास नगरको संगठनको बलमा युद्धमोर्चामा भिड्न लागेका न्यौपाने जोशीप्रति सुभेच्छा राख्ने आन्तरिक मत विभाजन भए पनि संगठनको मत आफूसँग आउने अपेक्षाका कारण आशावादी छन् ।

र, कांग्रेसका जिल्लामा विपरित धारका शंंकर भण्डारी, ध्रुव वाग्ले तथा गोविन्द भट्टराईको चाहनाविपरित पौडेल समूहकै नाममा न्यौपानेले जिल्ला चुनाव हारे पनि नगर प्रमुखको टिकट भने हात पारे । र, आन्तरिक विभाजनबीच पनि उनी पौडेल खेमासँग रहँदा कुनै समय निकै टाढाको सम्बन्ध राखेका र चुनावमा आफूलाई हराउन निर्णायक शक्ति रहेको ठानिएका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसँग उनका छोरा दीपकको रुपमा अहिले फेरि न्यौपाने आमनेसामने छन् ।


फरक यत्ति हो, पहिले न्यौपाने वरिष्ठ नेताको सहयोगीका रुपमा थिए अहिले नगर प्रमुखको उम्मेदवारका रुपमा छन् भने अहिले जोशी छोरा दीपकराजको सहयोगीका रुपमा छन् । अनि मैदान हो, व्यास नगरपालिकाको स्थानीय तह चुनाव ।
कांग्रेसले निष्कासन गरिसकेका जोशी अहिले शासनसत्तामा त छैनन् । अनि, पार्टीमा पनि नभएकाले पार्टीको साथ त छैन ।

पार्टीमा नरहे पनि अझै पनि संगठनमा प्रभाव राख्ने पिता, टिकटको आशा गरेर नपाएका आकांक्षी अनि विगतको पार्टी चुनावमा देखिएको प्रतिष्पर्धा तथा खुला रुपमा विपक्षमा देखिएका विश्व बाँस्तोलालगायत नेताको साथ अनि युवामाझ बनाएको पकड र एमालेको औपचारिक सहयोगले दीपक पनि यो चुनावी मैदानमा विजयी हुनेमा आशावादी छन् ।

तर, आफूले संगठन गर्दा अनि शासनसत्ताको केन्द्रमा रहँदा काम गरिदिएका नेता कार्यकर्ताको बलमा उनी राजनीतिमा अघि बढेका छोरालाई जिताउन चाहन्छन्, अनि आफ्नो राजनीतिमा सधैं विपक्षी धारमा रहेका न्यौपानेलाई जिल्ला अधिवेशनझैं नगरको बागडोरको यात्राबाट पनि किनारा लगाउन चाहन्छन् ।

र, पार्टी संगठनको बलियो मोर्चा अनि विगतमा जितेको अंकगणित अनि प्रमुख रहँदा वितरण गरेका बजेट अनि कामका आधारमा कार्यकाल दोहोर्याउने चाहना गरेका न्यौपानेसँग कांग्रेसको सबैभन्दा बलियो गढ मानिएको व्यास नगरको संगठनको बलमा युद्धमोर्चामा भिड्न लागेका न्यौपाने जोशीप्रति सुभेच्छा राख्ने आन्तरिक मत विभाजन भए पनि संगठनको मत आफूसँग आउने अपेक्षाका कारण आशावादी छन् ।

पार्टीमा नरहे पनि अझै पनि संगठनमा प्रभाव राख्ने पिता, टिकटको आशा गरेर नपाएका आकांक्षी अनि विगतको पार्टी चुनावमा देखिएको प्रतिष्पर्धा तथा खुला रुपमा विपक्षमा देखिएका विश्व बाँस्तोलालगायत नेताको साथ अनि युवामाझ बनाएको पकड र एमालेको औपचारिक सहयोगले दीपक पनि यो चुनावी मैदानमा विजयी हुनेमा आशावादी छन् ।


तर, दुवैको आशामा प्रभाव पार्न सक्ने विविध कारण कायमै रहँदा अबका केही दिनमा विकसित हुने आकस्मिक घटनाक्रमले नै व्यास नगरको दोश्रो इनिंगमा कांग्रेसको रुख चिह्नधारी न्यौपाने वा न्यौपानेको यात्रालाई विश्राम लगाउँदै नयाँ मुहारका रुपमा कैंची चिह्नधारी दीपकराज को सफल हुन्छन्, तस्बिर प्रष्ट हुनेछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्