तनहुँका तीन प्रहरीमा कोरोना संक्रमण

  • ख-
  • ख+

दमौली : जिल्ला प्रहरी कार्यालयका तीन प्रहरीमा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि एक महिला प्रहरीमा संक्रमण देखिएकोमा अहिले अर्का एक प्रहरीमा पनि संक्रमण देखिएको पुष्टि भएको हो।  यसअघि २७ जना प्रहरीको नमूना पोखरा क्षयरोग केन्द्र प्रयोगशाला पठाएकोमा चारजनाको नमूना फेरि पठाइएको थियो । सोही नमूना परीक्षणमा एकजना प्रहरीमा संक्रमण भेटिएको व्यास नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिए । 

सासूबाट संक्रमित भएको आशंका गरिएकी प्रहरीको संक्रमणपछि २७ जनाको नमूनामा अर्की महिला प्रहरीमा संक्रमण देखिएको थियो ।  तीन दिनअघि आएको नतिजा अर्की २३ वर्षीया महिलामा पनि संक्रमण भेटिएको थियो । बुधबारको नतिजासँगै कार्यालयका तीन प्रहरीमा संक्रमण भेटिएको छ ।

ती दुवै प्रहरी क्वारेन्टाइनमा बसेकाले थप जोखिम नबढ्ने आशंका प्रहरीको छ। ‘उनीहरू नमूना लिएदेखि नै बेग्लै बसेका थिए, ‘ प्रहरी उपरीक्षक अरुण पौडेलले भने,’अब असिसोलेसन पठाउँछौं।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी