भानु नगरपालिकाका युवाहरुले खर्च कटौती गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरे

  • ख-
  • ख+

मनोज कुमार श्रेष्ठ , भानु खबर ।
कोभिड १९ को महामारीको समयलाई मध्यनजर गदै भानु नगरपालिकाका युवाहरुले खर्च कटौती गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

भानु नगरपालिका ३ चाम्बासका युवाहरुले नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा दिदि वहिनिहरुलाई गर्ने खर्च कटौती गरी भानु नगरपालिकामा रहेको आइसोलेसनमा स्वास्थ्य सामाग्री वितरण गरेकाे युवा प्रतिनिधि चिजे लामाले भानु खवरलाई जानकारी दिनुभयो ।

तनहुँ जिल्लाको बेलचौतारा स्थित जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई हरितालिका तिजको अवसर पारेर तिज पर्वको खर्च कटौती गरी माक्स,सेनिटाईजर,मिनरल वाटर लगायतका सामाग्री जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका प्रमुख डाक्टर राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको युवा लामाले जानकारी दिनुभयो ।

युवाहरुले गरेको सहयोगवाट आफुहरुलाई केही राहत मिलेको डाक्टर श्रेष्ठले बताउनुभयो । अन्य युवाहरुले पनि यस्ता कार्यहरुको सिको गर्न सकेत आग्रह गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी