छठ पर्वका अवसरमा सरकारले दियो सोमबार सार्वजनिक बिदा

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : छठ पर्वका अवसरमा सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिइने जनाएको हो।

सरकारको उक्त निर्णयसँगै लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ। शनिबार र आइतबारको नियमित बिदापछि सोमबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको हो।

सरकारले यस वर्ष विभिन्न अवसरमा सार्वजनिक बिदा थप गरेको छ। कात्तिक महिनामा मात्रै उल्लेख्य संख्यामा सार्वजनिक बिदा परेका छन्।

छठ पर्व विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र उत्साहका साथ मनाइने प्रमुख पर्व हो। यस अवसरमा भक्तजनहरूले सूर्य देवताको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्दछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्