दमौली: धार्मिक आस्था फरक भए पनि आपसी सम्मान र सद्भाव नै हाम्रो समाजको सुन्दर पहिचान हो। यसको एक उदाहरणका रूपमा मुस्लिम समुदायका सामाजिक अभियन्ता सुदीप गफ्फार ओम शान्तिको कार्यक्रममा सहभागी हुँदै हिन्दू संस्कारअनुसार तिहारको टीका तथा माला लगाएका छन्।
विभिन्न धर्म, संस्कृति र परम्परामा आस्था राख्ने समुदायबीचको आपसी सम्मानले सामाजिक एकता र भाइचारालाई थप बलियो बनाउने विश्वास गरिएको छ। सुदीप गफ्फारको यस सहभागिताले धर्म फरक हुन सक्छ, तर मानवता, सद्भाव र आपसी सम्मान सबैको साझा भावना हो भन्ने सन्देश दिएको छ।
बहुधार्मिक र बहुसांस्कृतिक नेपाली समाजमा एकअर्काको धर्म, संस्कृति र परम्पराप्रति सम्मान गर्नु नै साँचो धार्मिक सहिष्णुता हो भन्ने बुझिन्छ।
















