दमौलीः तनहुँ भानुका प्रमोदभक्त आचार्य प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीईभीटीको सदस्य सचिव नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयबाट आचार्यले सो जिम्मेवारी पाएका हुन् । परिषदमा सह सचिवको जिम्मेवारीमा रहेका आचार्यले सम्बन्धन तथा प्रत्यायन महाशाखाको जिम्मेवारी सम्हालेका थिए ।
सीटीईभीटीका क्षेत्रीय निर्देशक लगायत विभिन्न जिम्मेवारीमा रहेका उनी आदिकवि भानुभक्त आचार्यका वंशज समेत हुन् । सीटीईभीटीमा क्षमतावान अधिकारीका रुपमा लिइने आचार्यलाई यस अघि नै सदस्य सचिवको दावेदार ठानिएको थियो ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सदस्य सचिवका लागि आह्वान गरेका आठ जनाको सूचीमा परेका उनी प्रस्तुतीकरण र अन्र्तवार्ता पश्चात सो पदमा नियुक्त भएका हुन् ।
अब उनको नेतृत्वमा देशमा व्यवसायिक तथा प्राविधिक शिक्षाको समयानुकुल परिमार्जनको जिम्मेवारी आएको छ ।
प्रमोदभक्त आचार्यलाई मन्त्रिपरिषद बैठकले सीटीईभीटीको सदस्य सचिव नियुक्त गरेको हो ।






