नेपाली कांग्रेस जिल्ला अधिवेशनः ५ घण्टामा खस्यो तीन चौथाई मत, मतदानस्थलमा रमाइलो

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस तनहुँको जिल्ला अधिवेशनअन्र्तगत कुल मतदाताको ठूलो हिस्साले मतदान गरिसकेका छन् ।

बाँकी दमौली अनशन चौतारीको खुला मैदानमा लामबद्ध भएर बसेका छन् ।
सभापतिसहित जिल्ला पदाधिकारी टुंग्याउने अधिवेशनमा रहेका कुल १८ सय १७ मध्ये झण्डै १३ सयले यो समाचार तयार पार्दासम्म मतदान गरेका छन् ।

बिहान आठ भने पनि १० बजे शुरु भएको मतदान ढिला शुरु भएकाले पाँच बजेसम्म चल्ने निर्वाचन अधिकृत फणिन्द्रराज कोईरालाले जानकारी दिए ।

मतदानस्थल आसपमासमा आ आफ्ना सभापति उम्मेदवारका पक्षमा नाराबाजी तथा गीत गाउने समेत चलेकाले बेग्लै माहोल देखिएको छ ।

अधिवेशनबाट चयन हुने नेतृत्वले हालका पार्टी सभापति बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जीतप्रकाश आलेमध्ये एकको राजनीतिक भविष्यमा संकट र अर्काको राजनीतिक उकालोमा फाइदा गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी