कांग्रेस तनहुँ अधिवेशनः ‘मत साटासाट गरौँ जीतप्रकाशजी !’

  • ख-
  • ख+

कांग्रेस अधिवेशनका नउधिनिएका पाटा

विकास खनाल
दमौलीः
‘किन अबेर भयो ? अब सुरु गरौंन ! १० बज्न लागिसक्यो !,’ काङ्ग्रेस जिल्ला सभापतिका प्रत्याशी बैकुण्ठ न्यौपाने र जीतप्रकाश आलेले निर्वाचन प्रवन्ध समितिलाई सोधेको प्रश्न !

निर्वाचन प्रवन्ध समितिका संयोजक फणिन्द्रराज कोइराला बाट उत्तर आउँछ । अनि शुरु हुन्छ, जिल्लामा लामो समयदेखि पकड बनाएको लोकतान्त्रिक दल नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि मतदान ।

सभापति प्रत्याशी न्यौपाने र आले मतपत्र समाउँछन् । ‘जीतप्रकाशजी मत साटासाट गरौं तपाईंलाई मैले र मलाई तपाईंले,’न्यौपानेको प्रस्तावरूपी आवाज आउँछ !
जीतप्रकाश ‘त्यहि गर्ने त ? ’ भन्दै मुस्कुराउँछन् । मतपत्रमा छाप लगाउन आ–आफ्नो क्षेत्र अन्तर्गत फरक–फरक ठाउँमा पसेर निस्कँदा बैकुण्ठ न्यौपाने चाँडै निस्कन्छन् ।


‘मत हाल्न पहिला तपाईंले सकाउनुभयो नि ?’ दमौली न्यूजकर्मी विकास खनालको प्रश्न रहन्छ ! ‘यो त शुभशंकेत हो,’ न्यौपाने हाँस्छन् ।
यस्तैमा जीतप्रकाश पनि छाप हानेको मतपत्र लिएर मतपेटिकामा खसाल्न आउँछन् । त्यो बेलासम्म पेटिकामा मत दुवैले सँगै खसाल्ने भनेर न्यौपाने कुरेर बसिरहेका हुन्छन् । र, दुवै प्रत्यासीले सँगै मत खसाल्छन् ।


पछाडि पट्टी राष्ट्रिय सभाका सदस्य एवम् अपांग तर्फबाट उमेदवार बनेका प्रकाश पन्त आइपुग्छन् । यसरी कांग्रेस महाधिवेशन अन्तर्गतको मतदान सुरु हुन्छ । दस बज्न दस मिनेट बाँकी छँदाबाट मतदान सुरु भएको छ ।


अहिले मतदाताहरू मत दिन लामो लाइनमा छन् ।
कुल १८ सय १७ मतदाता रहेको चुनावमा लामो लाइनमा बसेका शुक्लागण्डकिका मेयर एवम् जिल्ला उपसभापतिका उमेदवार किसान गुरूङ लाई संवाददाताले प्रश्न गरेको थियो,‘किन भोट नमागेर सुरुमै लाइनमा ?’

गुरूङको ढुक्कसँगको जवाफ थियो,‘जसले जिते पनि पार्टीको साथीले जित्ने हो । पर्सिबाट एउटै जुवामा बस्ने हो ।’

तत्कालै काङ्ग्रेसका अर्का नेता शुक्लागण्डकीका हरि वाग्ले भेटिए । पहिलाको पार्टी प्रवक्ता भैसकेका वाग्ले चुनावी दौडमा कतै भेटिएनन् । ‘कतै देखिनुभएन नि किन ?’ वाग्लेको जवाफ थियोः ‘सचिवमा उठ्ने चाहना थियो तर परिस्थिति बनेन तर जीतप्रकाश सभापति बनेमा मनोनित प्रवक्ताको सहमति भएको छ ।’


लाइन नजिकै भेटिए पार्टी संगठन विभाग प्रमुख बालकृष्ण घिमिरे उनको गुनासो सुनियो । ‘निष्ठा र इमानको राजनीतिद्ध गर्ने र पार्टीलाई नै जीवन दिने म र मजस्तलाई हराइयो,’ उनले भने,‘यसको असर अहिल्यै न नदेखिएला तर पार्टीलाई ठुलो क्षति पुग्नेछ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्