धार्मिक सहिष्णुता र सामाजिक एकताको पक्षमा विशाल पदयात्रा गरिदै

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाललाई सम्भावित धार्मिक द्वन्द्वबाट बचाउन र पुस्तौँदेखि कायम आपसी भाइचारा जोगाउन तनहुँको दमौलीमा विशेष पदयात्रा आयोजना गरिने भएको छ।

 

शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमार्फत वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान र दमौली मुस्लिम समाजले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यो हातेमालोको घोषणा गरेका हुन्।

ज्ञान वा अज्ञानताका कारण समाजलाई गलत दिशातर्फ लैजाने प्रयास भइरहेको आभास भएपछि युवा पुस्ता नै अघि सरेर यो अभियान सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ। “आफू पनि बचौँ, आफ्नो परिवार र समाजलाई पनि बचाऔँ” भन्ने भावका साथ भावी पुस्तालाई शान्त र सुसज्जित नेपाल सुम्पनु नै यो प्रयासको मुख्य उद्देश्य रहेको छ।

प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य खेमराज जय श्री हरि र दमौली मुस्लिम समाजका अध्यक्ष हाजि जमाल दिन मियाले संयुक्त अपिल जारी गर्दै कसैको पनि धर्म वा समाजलाई असर पुग्ने काम नगर्न आग्रह गरेका छन् ।

चाँडै नै आयोजना हुने यस पदयात्राको अन्तिम मिति केही दिनमा सार्वजनिक गरिनेछ। समाजमा शान्ति, भाइचारा र एकता चाहने सम्पूर्ण तनहुँवासी, स्थानीय संघ-संस्था तथा सर्वसाधारणलाई यस अभियानमा सहभागी भई हातेमालो गर्न अनुरोध गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी