काङ्ग्रेस व्यास अधिवेशन: सभापतिमा युवा नेतृत्वका लागि उम्मेदवारी दिने भण्डारीको घोषणा

दमौली न्युज
  • ख-
  • ख+

दमौली: नेपाली काङ्ग्रेसको व्यास नगर अधिवेशन अघि नेतृत्वको कसरत शुरु भएको छ । यस दौडमा आफुले युवा प्रतिनिधित्व गर्ने दावीसहित युवा नेता सरोज भण्डारीले उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएका छन्।

व्यास नगरपालिका-४ का निर्वाचित वडा सदस्य भन्डारीले आफुले प्रतिनिधिका रूपमा गरेको सेवा, नगर सभामा उठाएको मुद्दा र पार्टी गतिविधिमा सक्रियताले नेतृत्व दौडमा सघाउने बताएका छन् ।

दमौली न्युजसँग कुरा गर्दै उनले यस अघि नगर सचिव पदमा थोरै मतले पराजित भए पनि यसपालि नेतृत्वमा आफुलाई युवा तथा पाका सबैको साथ रहने र विजयी हुने विश्वास व्यक्त गरे । आफ्नो नेतृत्वमा व्यास नगरमा काङ्ग्रेस नेतृत्व र संगठन झनै बलियो हुने उनको विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्