दमौली: व्यास क्षेत्रमा MRR भजन सञ्चालन गर्ने उद्देश्यले शनिबार आयोजित एक भेलाले तदर्थ समिति गठन गरेको छ। तदर्थ समितिको अध्यक्षमा सञ्जीव वाग्ले सर्वसम्मत रुपमा चयन भएका छन् । समितिको सचिवमा शिव न्यौपाने, कोषाध्यक्षमा रामबाबु रेग्मी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा तेजप्रसाद लामिछाने, हरिप्रसाद तिवारी, कपिल कार्की रहेका छन्। स्थानीय कीर्तनकार तथा समाजसेवी तेजप्रसाद लामिछानेको अगुवाइ आयोजित भेलाले नौ सदस्य तदर्थ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्ष, सहसचिव र एक सदस्यपछि चयन गरिने बताइएको छ।
धार्मिक, सांस्कृतिक तथा नैतिक चेतनालाई पुस्तान्तरण गर्ने उद्देश्यले दमौलीमा MRR शैलीको भजन–कीर्तन अभियान सुरु गर्ने तयारी गरिएको अगुवा तेजप्रसाद लामिछानेले बताएका छन्। नवनिर्वाचित समितिले आगामी शनिबारदेखि नै दिउँसो ४ बजेबाट अनसन चौतारी परिसरबाट नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्थानीय युवालाई अभियानसँग जोड्ने तथा धार्मिक एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न पुस्तान्तरणका विभिन्न कार्यक्रम अघि बढाउने उद्देश्य समितिको छ ।
भजनमार्फत समाजमा नैतिकता, अनुशासन, आपसी सहयोग र आध्यात्मिक चेतनाको विकास गर्न सकिने विश्वास भेलामा सहभागीहरूले बताएका छन्।





