
सुर्खेतः सुर्खेतका २८ जना सैनिकमा कोरोना संक्रमण भेटिएको छ । वीरेन्द्रनगरस्थित राजदल गणमा कार्यरत उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए ।
छुट्टीमा घर गएर फर्किएकाहरुको गणमा प्रवेश गर्नुअघि पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई प्रि आइसोलेसनमा राखिएकामा अब सेनाकै आइसोलेसनमा राखिने जनाइएको छ ।