दमौलीमा युवा संघद्वारा प्रधानन्यायाधिशको पुत्लादहन

  • ख-
  • ख+

दमौलीः सर्वोच्च अदालतद्वारा संसद पुनस्र्थापनाको आदेश आएको भन्दै विरोधमा युवा संघका कार्यकर्ताले दमौलीमा विरोध प्रदर्शन गरेका छन् ।


उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जबराको पुत्लादहन समेत गरेका छन् । सफासडकमा भेला भएका युवा संघका नेता कार्यकर्ताले केपी बा आई लभ यु, अदालतको हस्तक्षेप मुर्दाबादलगायतका नारा लगाएका थिए ।


केहीबेर मुख्य राजमार्गमै अवरोध गरेर नाराबाजी गरेका उनीहरुलाई प्रहरीले हटाएको थियो । युवा संघ नेता कविराज श्रेष्ठले अदालतले राजनीतिमा हस्तक्षेप गरेकाले विरोध गरिएको बताए ।

अर्का नेता मदन तिमिल्सेनाले सर्वोच्चको आदेश गलत भएकाले विरोधमा उत्रिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी